प्रहरी कार्यालयमै पुगेर घुस दिने प्रयास
बुधबार, २९ साउन २०७६, ११ : ४२
१
काठमाडौं–प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् ।
बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।
यादवलाई प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।