यसरी मनाए एलजीबीटीआई समुदायले गाईजात्रा पर्व
शुक्रबार, ३१ साउन २०७६, १६ : ५०
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राजधानीमा गाईजात्रा पर्व मनाएका छन् ।
एलजीबीटीआई समुदायका विभिन्न संघसंस्थाहरुले झाँकीसहितको र्याली निकालेर गाईजात्रा पर्व मनाएका हुन् ।
काठमाडौँको ठमेलबाट शुरु भएको र्याली बसन्तपुर हुँदै टुँडिखेल पुगेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।
समलिङ्गी, तेस्रोलिङ्गी लगायतका यौनिक था लैङ्गिक अल्पसंख्यकहरुले हरेक वर्ष गाईजात्राको अवसर पारेर कार्यक्रम गर्ने गरेका छन् ।
हेरौँ तस्विरहरु :