सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालिन् महिला
शनिबार, ३२ साउन २०७६, १४ : ११
काठमाडौँ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेकी छन् ।
शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन् ।
केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
मृतक सिकिलाको श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।