मदन पुरस्कार योगेशलाई, जगदम्बा बैरागी काइँलालाई
आइतबार, ०१ भदौ २०७६, १७ : ५२
काठमाडौँ– यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा(श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।
‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।