राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
बिहीबार, ०५ भदौ २०७६, ११ : ०७
१
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान जयशंकरले राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका हुन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् ।
बुधबार नै जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।
आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनी आजै भारत फर्कने छन् ।