दाङमा खुकुरी प्रहार गर्ने २ जना प्रहरी नियन्त्रणमा
आइतबार, ०८ भदौ २०७६, १५ : ३७
बुटवल– दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई जना युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।
घोराही–१५ को भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई सोही स्थानका २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको शाहले बताए । केहि दिनअघि पनि एक जना युवामाथि दाङमा खुकुरी प्रहार भएको थियो ।