नेपाल इन्स्योरेन्सले बोनश जारी गर्ने
आइतबार, ०८ भदौ २०७६, १८ : ४७
काठमाडौं– नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको आइतबार बसेको ७० औं साधारणसभा हालको चुक्ता पूँजीको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख ३ हजार ८ सय ३२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ पु¥याउने प्रस्ताव पारित पनि गरेको छ ।
साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ