आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने

सोमबार, ०९ भदौ २०७६, १९ : ०९
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– सिटिजन्स बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

बैंकको संचालक समितिको ३०८औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनी महानुभावहरुलाई आ.व. २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११लाख ३१ हजार ९ सय ४३ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । 

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । 

संघीयतालाई दह्रो  र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप