आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुकाकुको डेब्यु खेलमा इन्टरको सुखद सुरुवात

मङ्गलबार, १० भदौ २०७६, ०८ : ०६
मङ्गलबार, १० भदौ २०७६

इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा सोामबार राति भएको खेलमा इन्टर मिलानले लिसलाई ४–० गोलले हरायो ।

सिजनको पहिलो खेलसँगै इन्टरमा डेब्यु गरेका स्टार स्ट्राईकर रोमेलु लुकाकु र प्रशिक्षक एन्टोनियो कोन्टेका लागि पनि पहिलो खेल सुखद बन्यो । लुकाकु यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका हुन् । लुकाकुले डेब्यु खेलमै गोल पनि गरे । कोन्टे पनि यसै सिजन चेल्सी छाडेर इन्टरको प्रशिक्षक बनेका हुन् ।

एकपक्षीय खेलमा इन्टर मिलानले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । इन्टरका मार्सेलो ब्रोजोभिकले २१औं मिनेटमा खाता खोले । २४औं मिनेटमा स्टेफानो सेन्सीले गोलगर्दै इन्टरको अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा रोमेलु लुकाकुले तेस्रो गोल गरेका थिए । त्यसपछि ८४औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोलगर्दै इन्टरलाई फराकिलो जित दिलाए । सिजनको पहिलो जितसँगै इन्टरले एक अंक बनाएको छ । लिसले हारबाट सिजनको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप