आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय गाडीमा नलकटुवा बरामद, मान्छे फरार

बुधबार, ११ भदौ २०७६, १४ : ५३
बुधबार, ११ भदौ २०७६

जनकपुर– चेकजाँच गर्ने क्रममा प्रहरीले धनुषामा एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका– ३ बिकमपुरस्थित सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुधबार कटुवा पेस्तोल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतिय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिए ।

औरहीबाट बालगंगा तर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएको थियो । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप