आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संवैधानिक आयोग रित्तै

बिहीबार, १२ भदौ २०७६, ०६ : २०
बिहीबार, १२ भदौ २०७६

ललितपुरको पुल्चोकस्थित श्रमहल हातामा आदिवासी जनजातीको कार्यालय स्थापना भएको ११ महिना पुगिसकेको छ । दुईतले भवनको भुँइतलामा अध्यक्षसहित पाँच सदस्यका निम्ति कार्यकक्ष तयार गरिएका छन् । 

पदाधिकारी र सदस्यका निम्ति पाँचवटा ‘फोर्ड’ गाडी गत असारमै किनीयो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् । ‘यसो नगरे नयाँ गाडी खियाँ लाग्छ’ बुधबार कार्यालय हातमा भेटिएका उनले भने,‘जुनसुकै बेला पदाधिकारी नियुक्त भएर आउनुहुन्छ भन्न सुनिन्छ । दुई महिनाभन्दा बढी भइसक्यो ।’ तर अहिलेसम्म पदाधिरकारी नियुक्त भएका छैनन् ।

त्यसैगरी अन्य आयोगको पनि अवस्था उस्तै छ । मधेसी, थारु र मुस्लिम आयोगमा अध्यक्षमात्र नियुक्त भएका छन् । समावेशी आयोगमा अध्यक्ष र एक सदस्य नियुक्त गरिए पन अध्यक्षद्वारा राजीनामा गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप