आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ नेपाल टेलिकमको प्रगति विरवरण

बिहीबार, १२ भदौ २०७६, १९ : २०
बिहीबार, १२ भदौ २०७६

काठमाडौं – नेपाल टेलिकमले देशभर अत्याधुनिक दूरसञ्चार सेवाहरू सर्वसुलभ र सस्तो दररेटमा उपलब्ध गराउँदै लगेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै दूरसञ्चार क्षेत्रका लगभग सम्पूर्ण सेवाहरू प्रदान गरिरहेको सेवाको आधुनिकिकरण तथा अल्पकालीन एवम् दीर्घकालीन विकास र विस्तारमा जोदिएको जानकारी गराएको हो ।

सेवाको आधुनिकिकरण गरेसँग अहिले कम्पनीका विभिन्न सेवाहरूमा गरी करीब २ करोड २६ लाखको ग्राहक रहेको टेलिकमले जनाएको छ । साथै नेपाल टेलिकमले आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १२१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले तथा सक्रिय प्रयोगकर्ता संख्या १० आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको छ ।

मोबाइल तर्फ फोरजी सेवा तथा तारसहित सेवातर्फ एफटिटिएच सेवाको विस्तारमा पनि प्राथमिकताका साथ काम गरिरहेको टेलिकमको विज्ञप्तिमा भनिएको छ । आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएका टेलिकमको अपेक्षा छ ।

साथै नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ । 

अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीव रू ४ अर्बले बढेको छ ।

यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटिटिएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्ने छ ।

दुर्गम र विकट स्थानमा पनि सेवा पु¥याउन निरन्तर लगानी नेपाल टेलिकमले सो कार्यबाट आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार नबनाएको जनाएको छ । कम्पनीको मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम रहेको छ । 

यसका अतिरिक्त ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले गत आर्थिक वर्षको शुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्धति अनुसार स्वाभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए तापनि सेवाको विक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको छ । यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरू मार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको छ । 
यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरू मार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको छ । 

                      
                                               


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप