आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुखुरा फर्ममा आगलागी

शुक्रबार, १३ भदौ २०७६, १० : ४०
शुक्रबार, १३ भदौ २०७६

महोत्तरीको गौशला नगरपालिका–६ फुल्काहामा रहेको  एक कुखुराको फर्ममा शुक्रवार बिहान आगलागी भएको छ । 

आगलागीमा शैलेन्द्र कुमार यादवले सञ्चालन गरेको कुखुरा फर्ममा कुखुराको दाना, चल्ला र फर्म जलेर नष्ट हुँदा २ लाख ५० हजार बरावरको क्षति भएको छ  । 

कुखुरा फर्ममा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए  । आगलागीपछी इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली घटनास्थल पुगेको थियो  । 

प्रहरीले  र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । आगो किन र कसरी लागेकोहो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप