आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेल सर्ट फिल्म कमलको ‘बुवा’ उत्कृष्ट

शुक्रबार, १३ भदौ २०७६, १५ : ५७
शुक्रबार, १३ भदौ २०७६

काठमाडौँ– एनसेल सर्ट फिल्म कम्पिटिसनमा कमल सुवेदी र उनको समूहले बनाएको फिल्म ‘बुवा’ उत्कृष्ट घोषित भएको छ । एनसेल प्रालिले आयोजना गरेको सो प्रतियोगितामा यो फिल्मले उत्कृष्ट हँुदै पहिलो पुरस्कार प्राप्त गरेको हो । 

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट इच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेको थियो । सोही क्रममा प्रतियोगितामा ७० भन्दा बढी सर्ट फिल्महरु आएका थिए ।

निर्णायक मण्डलले पहिले उत्कृष्ट १० र त्यसपछि बिजेता छानेका थिए ।  क्यूएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दिन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाईं निर्णायक रहेको प्रतियोगिताको मुख्य उद्देश्य भनेको युवा प्रतिभालाई आफ्नो सीप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जालमार्फत साझा गर्न मिल्ने सामग्रीहरु हेर्दै यो विशेष दिन मनाउनु रहेको छ । 

बुधबार क्यूएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियरसमेत गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्व, चलचित्रकर्मी, दिग्गज कलाकार, मिडियाकर्मीको सहभागिता रहेको थियो । 

उत्कृष्ट १० भित्र पर्न सफल फिल्म एनसेलले बुवाको मुख हेर्ने दिन अर्थात आज आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ । कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवंश आचार्यले छोटो समयमा राम्ररी कथा भन्ने खुबी फिल्ममा हेर्न पाएको बताए । उनले  फिल्म मेकरले पनि सर्ट फिल्मबाट सिक्नुपर्ने बताए ।

सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्मलाई एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेन्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।  

कार्यक्रममा पहिलो पुरस्कार पाउने ‘बुवा’ले रु १ लाख नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जीबी डेटा पाएका छन् । त्यस्तै विशाल न्यौपाने र उनको समूहले बनाएको फिल्म ‘द इन्ड अफ कल्चर’ले दोस्रो पुरस्कार स्वरूप रु. ७५,००० नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जीबी डटा प्राप्त गरेका छन् ।

द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ले सेकेन्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समूहका तीन जनाले प्रत्येक महिना १२ महिनासम्म १० जीबी डेटा पाएका छन् ।  

कार्यक्रममा राजा महर्जन ‘बुवा’ र राइजिङ स्टार नेपालको ‘ड्याड, सन एन्ड ल्यापटप’ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५, २५ हजारका साथै यी दुई सर्ट फिल्म निर्माण समूहका ३, ३ जनाले १० जीबी एनसेल डटा प्रत्येक महिना १२ महिनासम्म प्राप्त गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप