आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकाबिहानै देउवा भेट्न बूढानीलकण्ठ पुगे योगेश भट्टराई, मन्त्रालयको कामबारे ब्रिफिङ

शनिबार, १४ भदौ २०७६, १२ : ०४
शनिबार, १४ भदौ २०७६

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए । 

सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि पुगेका हुन् । 

भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताए । 

आफूले जानकारी गराउँदै गर्दा देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप