आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्री भट्टराईको एक्सन : नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट किशोरकुमार खत्री हटाइए

सोमबार, १६ भदौ २०७६, २० : १९
सोमबार, १६ भदौ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हडटाएका छन् । सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् । 

यो सँगै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । दुई दिनअघि मन्त्री भट्टराइले कर्मचारीको तालिमा विवादित र विभिन्न आरोप लागेका कर्मचारीलाई अन्तराष्ट्रिय विमानस्थलमा नराक्ने बताएका थिए । 

खत्री दुई वर्षअघि ४० तोला सुनसहित त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट पक्राउ परेका थिए । पछि उनले अदालत गएर जागिर जोगाएका थिए । तर उनलाई  असार १७  गतेको क्यानको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा नै खटाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप