आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जोन्टा क्लबद्वारा एभरेष्ट बैंकको सहकार्यमा नवलपरासीको विद्यालयमा शौचालय निर्माण

मङ्गलबार, १७ भदौ २०७६, १३ : ५०
मङ्गलबार, १७ भदौ २०७६

काठमाडौं– जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंक लिमिटेडको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ । 

एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका छन् । 

जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थीति रहेको थियो । बालिकाहरुले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो ।

यसले गर्दा उनीहरुको शिक्षामा बाधा पु¥याउँछ जसले गर्दा उनीहरुको सर्वांगिण विकासमा प्रभाव पर्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ ।

विद्यालयका शिक्षकहरु, बालबालिका र सहभागीहरुले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन् । जोन्टा यस प्रयासमा एभरेष्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुसी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप