आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्स र इङ्ल्यान्डको शानदार जित

आइतबार, २२ भदौ २०७६, ०९ : २३
आइतबार, २२ भदौ २०७६

एजेन्सी । विश्वकप विजेता फ्रान्स र इङ्ल्यान्डले युरोकप छनोटमा शानदार जित निकालेका छन् । शनिबार राति भएको समूह ‘एच’ को खेलमा फ्रान्सले अल्वानियालाई ४–१ गोलले हरायो । समूह ‘ए’ को खेलमा इङ्ल्यान्डले बुल्गेरियालाई ४–० गोलले पराजित गर्यो ।

घरेलु मैदानमा फ्रान्सलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरु र जोनाथन इकोनेले एक–एक गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काएका थिए । फ्रान्सले आठौं मिनेटमा कोमानको गोलबाट अग्रता लिएको थियो । २७औँ मिनेटमा गिरोडले लुकास हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

३७औँ मिनेटमा एन्टोइन ग्रीजम्यान पेनाल्टीमा चुकेका थिए । त्यसपछि ६८औँ मिनेटमा किङ्सले कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता बलियो बनाए । ८५औँ मिनेटमा जोनाथनले नविल फेकिरको पासमा गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ लगे । ९०औँ मिनेटमा अल्वानियाका सोकोल सिकालेसीले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।

जितसँगै समूह ‘एच’ को शीर्ष स्थानमा रहेका फ्रान्सले १२ अंक बनाएको छ । ६ अंक बनाएको अल्वानिया चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा टर्कीले एन्डोरालाई १–० गोलले हरायो । जितसँगै १२ अंक बनाएको टर्की गोल अन्तरमा दोस्रो स्थानमा छ । अंकविहिन एन्डोरा तालिकाको अन्तिमममा छ । अर्को खेलमा आईसल्यान्डले मोल्डोभालाई ३–० गोलले हरायो । जितसँगै १२ अंक बनाएको आईसल्यान्ड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । तीन अंक बनाएको मोल्डोभा चौथो स्थानमा छ ।

यसैगरी समूह ‘ए’ को एकपक्षीय खेलमा इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । एक गोल रहिम स्ट्रलिङले थपे । केनले २४औँ मिनेटमा खाता खोलेका थिए । त्यसपछि उनले ५०औँ र ७३औँ मिनेटमा पेनाल्टीमा दुई गोलगर्दै ह्याट्रिक पूरा गरेका थिए । स्ट्रलिङले ५५औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै इङ्ल्यान्डले तीन खेलबाट ९ अंक बनाएको छ । अपराजित यात्रा कायम राखेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ । दुई अंक बनाएको बुल्गेरिया तालिकाको अन्तिममा छ । यही समूहको अर्काे खेलमा कोसोभोले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै आठ अंक बनाएको कोसोभो दोस्रो स्थानमा छ । ६ अंक बनाएको चेक रिपब्लिक तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप