फ्रान्स र पोर्चुगलका लागि राजदूत नियुक्त
आइतबार, २२ भदौ २०७६, १९ : ५३
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्स र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आइतबार फ्रान्सका लागि आवासीय र पोर्चुगलका लागि गैरआवासीय राजदूतका रुपमा दिपक अधिकारीलाई नियुक्त गरेकी हुन् ।