सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बुधबार, २५ भदौ २०७६, ११ : ३९
काठमाडौं–नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै बुधबार चाँदीको मूल्य भने ८८० मा कारोबार भएको छ । मंगलबार चाँदी ८७० मा कारोबार भएको थियो ।