परम्परा धान्न कृष्ण मन्दिर पुगिन् राष्ट्रपति (फोटोफिचर)
सोमबार, ३० साउन २०७४, १७ : २४
काठमाडौ– श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी साेमबार ललितपुरको पाटन दरवार स्क्वायर स्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शनमा पुगेकी छन्।
श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन अनुरुप राष्ट्रपति भण्डारी पाटन मन्दिर पुगेकी हुन्। मन्दिरका पुगेर उनले पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्।