आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हालाई भारतमा सम्मान

आइतबार, २९ भदौ २०७६, १९ : ००
आइतबार, २९ भदौ २०७६

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड २०१९ वाट सम्मानीत भएका छन् ।

शनिवार भारतको केराला राज्यमा भएको कार्यक्रममा नेपालका न्यायाधीश सिन्हा रोहद्गी जुरिष्ट अर्वाडबाट सम्मानित भएका हुन् । उनलाई भारतको पूर्व न्यायाधीश हाल केराला राज्यका साईरिक जोसेफले सम्मान गरेका थिए । 

मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन लबाट प्रत्येक बर्ष दक्षिण एशियाका विभिन्न मूलुकहरुमा कार्यरत न्यायाधीशहरुलाई विशेषज्ञताका आधारमा सम्मान गर्दै आएको छ । 

दक्षिण एशियाको कानुनी क्षेत्रमा यो पुरस्कार न इन्स्टिच्युट निकै लोकप्रिय छन । यो पुरस्कार भारतको कानुनी क्षेत्रका मुर्धन्य व्यक्तित्व प्रोफेसर एन आर माधव मेननको नामबाट स्थापना भएको हो । 

मेनन भारतको बैंङ्लोरमा स्थापना भएको नेशनल ल स्कुल अफ इन्डिया युनिभर्सिटी तथा नेशनल जुडिसियल एकेडेमी भोपालको फाउण्डर डाईरेक्टर तथा संस्थापक उपकुलपति थिए । 

प्रोफ्रेसर (जस्टिस) ए. भी. रोहद्गी जुरिष्ट अर्वाड उहाँकै नामबाट  स्थापना गरिएको हो । नेपालका न्यायाधीश सिन्हासँगै भुटानका प्रधानन्यायाधीश छिरिङ् वाङ्चुकलाई सिल्फ( मिलाट साउथ एसियन एडुकेशन एक्सेल्नस अर्वाड प्रदान गरिएको थियो । 

यो संस्थाका नामबाट विभिन्न ६ वटा विधामा कानुन क्षेत्र उल्लेख्य योगदान पुर्याउने दक्षिण एसियाका विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिने गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप