बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफलले तपाईंलाई के भन्छ ?

मङ्गलबार, ३१ साउन २०७४, ०५ : ३४
मङ्गलबार, ३१ साउन २०७४

बि.स.२०७४ साउन ३१ गते । मंगलबार । ईश्वी सन् २०१७ अगष्ट १५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि अष्टमी,२५ घडी ०४ पला, बेलुका ३ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र कृतिका,४९ घडी ५८ पला । योग बृद्धि ०३ घडि १८ पला,बिहान ०६ बजेर ५४ मिनेट उप्रान्त धुव्र । करण कौलव, दिउँसो ३ बजेर ३६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा गद योग । चन्द्ररासि मेष,बिहान ८ बजेर ४२ मिनेट उप्रान्त बृष । श्रीकृष्ण रथयात्रा । बिराटनगरमा राधाकृष्ण रथयात्रा । पाल्पामा तानसेन भगवति यात्रा । गोरखकालि पूजा । हिलेजात्रा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३५ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४० मिनेट जादा । दिनमान ३२ घडी ४४ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुँनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउँन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा धोका हुँन सक्छ भने बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बैदेशिक ब्यापार तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा तथा आम्दानि हुँनेछ । लामो दुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मेहनेत गर्नु पर्नेछ । स्वास्थ्यमा केहि खराबि हुँन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव हुँने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन प्रशस्त आम्दानि गर्न सकिनेछ  ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । बिशेष गरि हाईड्रो पावर,पानि तथा औषधि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुँनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुँनेछन् । सवारि साधन प्राप्त हुँने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ ।  बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुँनेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले कुनै महत्वपुर्ण कामहरु शुरु गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुँनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाईने छैन । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा असहयोग हुँनेछ  । व्यापार व्यावसायमा लगानि नबडाउँदा राम्रो हुँनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुँनेछ । बिहानको समय राम्रो रहेकोले राम्रा कामहरु गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाईने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा नआउँला । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप