तीन दिनदेखि सुनको मूल्य स्थिर
बुधबार, ०१ असोज २०७६, ११ : ४५
काठमाडौं–सुनको मूल्य बुधबार (असोज १ गते) स्थिर छ । छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । विगत तिनदिन देखि यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो ।