राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गरायो दल दर्ता
बुधबार, ०१ असोज २०७६, १७ : ३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनको सन्दर्भमा राप्रपा (संयुक्त) ले दल दर्ता गराएको जानकारी दिए ।
राप्रपा (संयुक्त) सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी व्यवस्था, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षपाति पार्टी हो ।