नयाँ बानेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
बिहीबार, ०२ असोज २०७६, १३ : १९
काठमाडौँ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बुधबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगदसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ स्थित सचेतनामार्गमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बानेश्वर वृत्तले जनाएको छ ।
रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेतलगायत १० जना नगदसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक तास समेत बरामद भएको छ ।
.यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।