नेमकिपाको सातौँ महाधिवेशन सुरु: तस्विरमा हेरौं
शुक्रबार, ०३ असोज २०७६, १८ : ०५
भक्तपुर– नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन शुक्रबारबाट सुरु भएको छ । भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चोैरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गरेका छन् ।
२०३१ साल माघमा पार्टी स्थापनाकालदेखि हालसम्म पटक–पटक नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदैं आएका छन् । नेमकिपामा सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।
यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठौं महाधिवेशन गरिएको थियो ।