गङ्गबुबाट ४३ जना पक्राउ
शनिबार, ०४ असोज २०७६, २१ : ५०
काठमाडौं – गङ्गबु आसपासका विभिन्न क्षेत्रबाट १४ जुवाडेसहित ४३ जना पक्राउ गरेका छन् । महाराजगन्ज प्रहरीले संचालन गरेको विशेष सर्च अभियानका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका ९ जनाको समुहबाट रु ८७ हजार र ५ जना जुवाडेको समुहबाट रु ११ हजार का साथै ३ बुक तास बरामद गएिको महानगरीय प्रहरि वृत महाराजगञ्ज प्रमुख उमेश लम्सालले जानकारी दिए ।
उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भेरहेको छ। गङ्गबुका होटल लज तथा खाजाघर हरु सर्च गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । जसमा ४ जना महिला जुवाडे पनि छन्।