नेविसंघको निर्णय गर्न काँग्रेस बैठक बस्ने
आइतबार, ०५ असोज २०७६, १६ : १५
काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने भएको छ । १० गते दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन गरिएको छ । बैठकमा नेविसंको नेतृत्व र पार्टीका विभाग गठनबारे छलफल हुने काँग्रेसले जनाएको छ ।