आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिलोत्तमामा लगानी सम्मेलन सुरु, आधा दर्जन परियोजना सम्झौताको तयारी

बिहीबार, ०९ असोज २०७६, ११ : २३
बिहीबार, ०९ असोज २०७६

बुटबल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘तिलोत्तमा लगानी सम्मेलन’ शुरु गरेको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन बिहीबारबाट सुरु भएको हो । सम्मेलनका अवसरमा बिहीबार नगरपालिकाले सार्वजनिक विदा दिएको छ । 

सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्राउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौताको गर्ने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । 

शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले लगानी सम्मेलन मार्फत लगानी भित्राउँन लागिएको नगरपालिकाले जनाएको छ । 

लगानी सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिभिन्न प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, बिभिन्न दलका नेता, सघींय सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्त कर्मचारी, गैरआवासीय नेपाली, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि सहभागी छन् । 

सम्मेलनमा झण्डै दुईसय पचास सम्म स्वदेशी तथा बिदेशी उद्योगी व्यवसायीसहित ५ सय जनाको सहभागिता रहेको छ । नगरपालिकाका पर्यटकीय स्थल जोड्ने गरी रेल सञ्चालन, दुग्ध प्रशोधन केन्द्र, फोहरमैला प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र, प्रादेशिक बसपार्क, दक्ष जनशक्ति तयार पार्न प्रशिक्षण केन्द्र, क्यान्सर अस्पताल, एकीकृत पर्यटकीय योजना लगायतका आधा दर्जन परियोजनामा लगानी सम्झौता गर्ने तयारी छ । 

नगरपालिकाले तयार पारेको परियोजनाका लागि लगानीकर्तालाई सार्वजनिक जमिन लिजमा उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गर्ने र व्यक्तिगत जमिन खरिद गर्न चाहेमा सहजीकरणको भूमिका निभाउँने छ ।
लगानीका लागि कोल्ड स्टोरसहितको एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र, ढाक्रेवास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र रिङरोडमा रेल, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, क्यान्सर अस्पताल, महिला तथा बाल अस्पताल, सौर्य ऊर्जा लगायतका २२ वटा परियोजना तयार पारिएका नगर प्रमुख घिमिरेले जनाकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप