आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कारहरुको लागि होन्डाको ड्रिम एक्स्चेन्ज अफर

बिहीबार, ०९ असोज २०७६, १८ : २८
बिहीबार, ०९ असोज २०७६

काठमाडौं– नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले तीन दिनका लागि आफ्नो होन्डा ड्रिम एक्स्चेन्ज योजना ल्याएको छ । 

यही असोज ९, १० र ११ गते, होन्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने यस एक्सेन्ज योजनामा आफ्नो कुनै पनि पुरानो कारसँग नयाँ होन्डा कार एक्स्चेन्ज गर्न सकिन्छ ।  

यस योजना अविधि भर होन्डाका ग्राहकहरुले एक्स्चेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन्  । 

यस योजना अन्तर्गत ग्राहकहरुले होन्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९.५% को ब्याजदरमा ७०% सम्मको फाइन्यानसिङ्ग सुविधा, रु. १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज, रु.५०,००० सम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप