गोरखामा भूकम्पको धक्का महसुस
बिहीबार, ०९ असोज २०७६, २० : ००
काठमाडौं – गोरखामा भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभई २०७२ बैशाख १२ गते गएको भूकम्पको पराकम्प हो। गोरखाका, लमजुङ , तनहुँ, कास्की, मनाङ जिल्लामा समेत भूकम्पको धक्का महुसस गभएको छ।