सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा तीन जनाको मृत्यु

बिहीबार, ०९ असोज २०७६, २० : १०
बिहीबार, ०९ असोज २०७६

हेटौँडा – मकवानपुरमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो । 

यस्तै भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी १८ वर्षीय उमेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आजै चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ३५५६ नं को बसको ठक्करबाट नाम र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक राम बालकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप