आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा मन्त्री छान्न सकस, सांसदहरुको दौडधुप

आइतबार, १२ असोज २०७६, ०७ : ४२
आइतबार, १२ असोज २०७६

नेकपा गठनपूर्व कर्णालीको मुख्यमन्त्रीमा चारजना आकांक्षी थिए । तत्कालीन एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी । 

आकांक्षीमध्ये शाही मुख्यमन्त्री भए भने ज्वाला र भण्डारी मन्त्री बने । कँडेल मन्त्री बनेन्, बरु आफ्नो तर्फबाट दल रावल, नन्दसिंह बुढा र खड्कबहादुर खत्रीलाई मन्त्री बनाउन सफल भए । 

खत्रीलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएको आक्रोशमा कँडेल समूहमै रहेका मुगुका चन्द्रबहादुर शाहीले ‘आर्थिक लेनदेनमा मन्त्री पद किनबेच भएको’ भन्दै सांसदबाट राजीनामा दिए । 

पार्टीले ‘गल्ती सच्याउने’ मौखिक प्रतिबद्धता व्यक्त गरेपछि उनले राजीनामा फिर्ता लिए । करिब एक महिनाअघि ठेकेदारसमेत रहेका मन्त्री खत्री पदमुक्त भएपछि उक्त महत्वपूर्ण मन्त्रालयमा सबैका आँखा गडेका छन् । 

तत्कालीन अवस्थामा गरिएको भागबन्डाअनुसार कँडेलले रोजेको मान्छेले पाउँछ वा नेकपा निर्माण भइसकेको अवस्थामा नयाँ राजनीतिक समीकरणअनुसार पदीय जिम्मेवारी दिइन्छ, नेकपाभित्र चासोको विषय बनेको छ । 

मन्त्रीपद हात पार्न सांसदहरुको दौडधुप पनि निकै चलेको छ । यो समाचार कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप