कृषि विकास बैङ्क रकम चोरी प्रकरण : लहान शाखाका अधिकृत झा पक्राउ
आइतबार, १२ असोज २०७६, १६ : १३
काठमाडौं । कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा कृषि विकास बैङ्क लहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले रातोपाटीलाई जानकारी दिए । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।
हालसम्म ह्याकिङ प्रकरणमा प्रहरीले झासहित १७ जनालाई पक्राउ गरेको छ ।
यो पनि...