सागका लागि टेबलटेनिस खेलाडी छनोट
आइतबार, १२ असोज २०७६, १९ : ३२
काठमाडौं– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ ।
पुरुष÷महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । सागका लागि छनोट हुनेमा पुरुषमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, सम्योग कपाली र सुनील महर्जन छन् ।
महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दक्षिा तामाङ, एलिना महर्जन र एपीएफकी सिका सुवाल छन् । पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेर घाइते भएका कारण अन्तिम छनोटमा सहभागी भएनन् ।
यदी ‘फिट’ भएमा श्यान्टुले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसँग पुनः छनोट खेल खेल्ने अवसर पाउने पनि संघले जनाएको छ ।