सुन तोलामा ७० हजार रुपैयाँमा कारोबार
सोमबार, १३ असोज २०७६, ११ : १७
काठमाडौं– नेपाली बजामार सुनको भाउ सोमबार पनि घटेको छ । केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ ।
आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।
चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।