नौबिसे–नागढुङ्गा सडकमा जाम छैन : प्रहरी
सोमबार, १३ असोज २०७६, १२ : ३३
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङले नौबिसे–नागढुङ्गा सडकखण्डमा सोमबार मध्यान्ह १२ बजेसम्म सवारी जाम नभएको बताएको छ ।
सवारी साधनको गति सामान्य रहेको भन्दै धादिङ प्रहरीले नौबिसे–नागढुङ्गा सडकखण्ड क्षेत्रमा मौसम सफा रहेको र सडकको अवस्था पनि सामान्य रहेको बताएको छ ।
यस्तै प्रहरीले ओभरटेक नगर्न, सडकको नियम पालना गर्न र सुझाव वा गुनासो भएका तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।