सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा बस दुर्घटना, चालकसहित २ जनाको मृत्यु

सोमबार, १३ असोज २०७६, १५ : ३२
सोमबार, १३ असोज २०७६

काठमाडौँ । पूर्वी राल्पाको गुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । 

रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको छ । 

बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन् । 

दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप