सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बस दुर्घटनामा दुईको मृत्यु

सोमबार, १३ असोज २०७६, १९ : २७
सोमबार, १३ असोज २०७६

रोल्पा – सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस आज दुर्घटना भएको हो ।

सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए ।

दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर घर्ती मगर र वडा नं २ सिर्पका सूर्यलाल घर्तीकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप