फेरि घट्यो सुनको मूल्य
मङ्गलबार, १४ असोज २०७६, १२ : ५२
काठमाडौं–केही दिनयता घट्दोक्रममा रहेको सुनको मूल्य मंगलबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६९ हजार २०० रहमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ७० हजार रहेको थियो ।
यस्तै तेजावी सुनको मूल्य ६८ हजार ९०० रहेको छ । यस्तै चाँदीको मूूल्य तोलामा ८४० रहेकोमा मंगलबार घटेर ८२५ रुपैयाँमा कारोबार भएको छ ।