सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपाका कार्यकर्तालाई नवमण्डलेकरणको दिशामा नधकेलियोस्ः काँग्रेस

मङ्गलबार, १४ असोज २०७६, १७ : ०५
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– नेपाली काँग्रेसले पछिल्लो समयसमाजमा प्रकट भइरहेका अनेक असन्तुष्टि र वितृष्णा मूलत वर्तमान सरकारको डेढ वर्षे क्रियाकलापको उपज भएको ठहर गरेको छ । 

काँग्रेसले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभै प्रतिकार तर्फ लक्षित हुनु अत्यन्तै दुःखद रहेको जनाएको छ ।  कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई नवमण्डलेकरणको दिशामा नधकेल्न सचेत गराउँदै जिम्मेवार ढंगले परिचालन गर्न पनि नेकपालाई सचेत गराएको छ । 

केही पहिले चितवनमा ज्ञानेन्द्र शाहीमाथिको आक्रमण र तनहुँमा काँग्रेस नेता मिनेन्द्र रिजालमाथि अवरोध भएपछि काँग्रेसले यस्तो बताएको हो । 

काँग्रेसले भदौ २४ देखि असोज ७ सम्म चलेको हिमाल, पहाड, तराई–मधेश जागरण अयिभानको दोस्रो चरणका क्रममा  देशभरका  वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजारभन्दा बढी कार्यक्रमहरु सम्पन्न भएको जनाएको छ । 
अभियानका क्रममा  सत्तारुढ कम्युनिष्ट पार्टी एवं अन्य दल परित्याग गरेर ५३ हजार ४ सय ७९ जनाले नेपाली कांग्रेसको सदस्यता लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

अभियानका क्रममा रहेका औल्याइएका कमजोरी आत्मसात गर्दै र त्यसलाई सच्याउँदै पार्टी अघि बढ्ने पनि उनले जानकारी दिए । 
 
यस्तै असोज १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसमा समायोजन प्रकृयालाई अन्तिम रुप दिएसँगै पार्टी पंक्तिमा थप ऊर्जा अभिवृद्धि गरेको पनि शर्माले जानकारी दिए ।  
यसैबीच काँग्रेसले असोज २६ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप