सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढौं:  देउवा

बुधबार, १५ असोज २०७६, १७ : ४४
बुधबार, १५ असोज २०७६

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

१ सय ५० औं गान्धी जयन्तीको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए । गान्धीले अहिंसाको बलमा तत्कालीन अङ्ग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो । सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताए । उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शिवाद रहेको स्पष्ट पारे ।
काँग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिइरहेको पनि उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप