सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
बिहीबार, १६ असोज २०७६, ११ : २९
काठमाडौं । बिहीबार (असोज १६ गते) सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।