कपिलवस्तुमा लागुऔषध सहित २ जना पक्राउ
बिहीबार, १६ असोज २०७६, १२ : २९
बुटवल– कपिलबस्तु प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
बाणगंगा नगरपालिका वडा नं ५ खुटेनीबाट प्रहरीले लु ११ प ५२७९ नम्बरका मोटरसाइकल चालक सलाउद्दिन मुसलवान र सोही मोटरसाइकलको पछाडि सवार मकिम भन्ने मजिबुर रहमानलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३ हजार, भारतीय एक हजार बरामद गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका कार्यालय प्रमुख आयुश प्रशाद जोशीले जानकारी दिए ।