रोशनी शाहीसँग जोडिएको घटनाको सत्यतथ्य छानविन गर्न नर्सिङ संघको माग
बिहीबार, १६ असोज २०७६, १६ : ११
काठमाडौँ– नेपाल नर्सिङ एसोसिएसनले नर्स रोशनी शाहीसँग जाडिएको घटनाको सत्य तथ्य छानविन गन माग गरेको छ ।
संघले आज विज्ञप्ति जारी गर्दे आइतबार नर्स शाहीको पूर्वसभामुख कृष्णबहादुर महरासँगको जोडिएको घटना निष्पक्ष छानविन गर्न माग गरेको छ । संघको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवादास्पद घटनाको छानविन गरी सत्य तथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ ।’