सुनचाँदीको मूल्य स्थिर
शुक्रबार, १७ असोज २०७६, ११ : १३
काठमाडौं– नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।