आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंककोे डेबिट तथा क्रेडिट कार्ड भारतका बैंकका एटीएममा पनि सञ्चालन हुने

शुक्रबार, १७ असोज २०७६, १४ : ४४
शुक्रबार, १७ असोज २०७६

काठमाडौं– एन आई सी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड केही समयको लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज १८ देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ । 

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रकमसम्म झिक्न सकिन्छ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा. १० हजारका दरले अधिकतम भा. १५ हजार रुपैयाँसम्म झिक्न सकिन्छ ।

यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएस मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाएको बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप