दुई प्रहरी घुससहित समातिए
शुक्रबार, १७ असोज २०७६, २३ : २२
१
काठमाडौँ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई आज घुससहित पक्राउ गरेको छ ।
भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् पनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिइएको आयोगको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको रु २० हजार घुससहित नियन्त्रणमा लिएको हो । घुस रकमसहित उनीहरूलाई भजनी नगरपालिका–१ स्थित वेलकम कटेज नजिकैबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।