फेयरफिल्ड बाई म्यारियोट, काठमाडौंमा प्रत्येक शुक्रबार–शनिबार १७ सय ५० मा अनलिमिटेड बियर, कबाब र मोःमो
शनिबार, १८ असोज २०७६, १० : ३४
काठमाडौंको ठमेलस्थित त्रिदेवी मार्गमा रहेको फेयरफिल्ड बाई म्यारियोटमा प्रत्येक शुक्रबार–शनिबार १७ सय ५० मा अनलिमिटेड बियर, कबाब र मोःमो खाँदै लाइभ म्युजिकको मज्जा लिन सकिनेछ ।
विशेष गरी विदेशी पाहुनाको आगमन हुने फेयरफिल्ड बाई म्यारियोट, काठमाडौंमा नेपालीलाई पनि समावेश गर्ने उद्देश्यसहित यस्तो अफरको आयोजना गरिएको कम्पनीकी मार्केटिङ असोसिएट्स निकिता भण्डारीले जानकारी दिइन् ।
प्रत्येक शुक्रबार शनिबार बेलुका ८ बजेदेखि सुरु हुने यो अफर बेलुका १० बजे समाप्त हुनेछ ।
कम्पनीले यो अफरलाई काठमाडौं उपत्यकाको ‘बेस्ट डिल’ को रुपमा हेरेको छ ।